अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १, बिहीबार ०९:५७

काठमाडौँ ।

काठमाडौँबाट गएको माइक्रो पोखरामा दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। यस्तै घाइते ८ जनाको परिचय खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार मृत्यु हुनेहरुमा कास्की, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका–५ की ४५ वर्षीयातिलकुमारी आचार्य र धादिङकै निलकण्ठ नगरपालिका–२ का १५  वर्षीय आगम गुरुङ रहेका छन्।

त्यस्तै घाइते हुने ८ जनामा कास्की पोखरा महानगरपालिका–१४का ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन्।

त्यस्तै  घाइते भएकामध्य पोखरा महानगरपालिका–२५ का २७ वर्षीय आइतसिंह गुरुङ, नीलकण्ठ नगरपालिका–१३ का १९ वर्षीय सुदीप गुरुङ र त्यही क्षेत्रका १९ वर्षीय अनुप गुरुङ भने डिस्चार्ज भएका छन्।

यात्रुसहित ११ जना सवार ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रो पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२ लामेआहालमा दुर्घटनामा परेको हो।

तीव्र गतिमा रहेको माइक्रो सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार