अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३१, बुधबार १६:४८

सांसद सिके राउतले कुनै एउटा क्षेत्रलाई फोकस गरेर बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । उनले बुधबार प्रतिनिधिसभामा भएको प्रि बजेट छलफलमा बोल्दै कनिका छरेजस्तो सबैतिर बजेट छर्न नहुने बताएका हुन् ।

‘बजेट कनिका छरेजस्तो गएको छ । कुनै पनि क्षेत्रले अपेक्षा पूर्ण बजेट पाउन सक्दैन  । कुनै एउटा क्षेत्रलाई फोकस गरेर बजेट बनाऔँ,’ उनले भने,  ‘शिक्षा क्षेत्रमा फोकस गरौँ कि उद्योग पूर्वाधार या कुनै एउटा क्षेत्रमा मात्र केन्द्रित भएर बजेट छुट्याऔँ अनि कायापल गर्न सकिन्छ । कनिका छरेजस्तो सबै क्षेत्रमा बजेट छर्दा केही पनि गर्न सकिँदैन । सबै क्षेत्रमा बजेट छरिदिन्छौँ र कुनै क्षेत्रमा सफलता प्राप्त गर्दैनौँ ।’

साथै सांसद राउतले बजेट कुन मोडालिटिमा विनियोजन गर्ने पहिला मोडल तय गर्नुपर्ने बताए । यसैगरी बजेट विनियोजन गरेको बजेट पूर्णरुपमा कार्यान्वयन गर्नै पर्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार