अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३१, बुधबार १०:३२

काठमाडौँ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले वैशाख ११ गते सामाजिक सञ्जालमा एउटा सूचना राखे । नागरिक उन्मुक्ति पार्टीसँग वैशाखको २९ गते एकता गर्ने । जबकि, वैशाखको १७ गते नै दुवै दलको एकता गर्ने तय भयो । सोही अनुसार नेताहरूलाई प्रज्ञा प्रतिष्ठान बोलाए ।
तर, कार्यक्रममा जनमत अध्यक्ष राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पुगेकै थिएनन् । नाउपाका संरक्षक रेशम चौधरी पुगेका मात्र थिए, उनलाई पनि प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार पु¥यायो ।
त्यसपछि एकताको सबै प्रक्रिया रोकियो । यतिसम्म कि, यो १३ दिनको अवधिमा दुई पार्टीका नेताबीच औपचारिक संवाद समेत भएको छैन । बरु दुवै पार्टीका नेता संगठन बनाउन लागिपरेका छन् ।
के कारणले रोकियो त जनमत–नाउपा एकता ? दुवै पार्टीका नेताहरू यसका कारण रहेको बताउँछन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीभित्रका आन्तरिक समस्या हल नगरी रेशम चौधरीसँग एकता गर्ने निर्णय लिएका थिए । जबकि, पार्टीभित्र आन्तरिक लोकतन्त्र हराएको, निरंकुश कार्यशैली अपनाएको, कारबाहीको डण्डा चलाएको आरोप उनीमाथि लागेको छ ।
यस्तै, विचार र अभिव्यक्ति स्वतन्त्रलाई कुण्ठित पार्न खोजेको भन्दै जनमतका केही पदाधिकारी निष्क्रिय बसेका छन् ।
नाउपाभित्र पनि संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद छ । सोही कारण पार्टी गतिविधि अघि बढ्न सकेको छैन । एकता गरेर पार्टीको विवाद साम्य पार्ने सबैको दाउ थियो तर, त्यो अवरुद्ध भएको छ ।
‘दुवै पक्षको मुड एकता गर्ने छैन,’ जनमतका एक पदाधिकारीले भने, ‘हाम्रो पार्टीमा अध्यक्षले उहाँको दाईलाई हाबी बनाएर समस्या ल्याउनुभयो । नाउपामा श्रीमान–श्रीमतीको विवाद अहिलेसम्म जारी छ ।’
‘राउतजी पार्टीभित्र कठिन परिस्थितिमा हुनुहुन्छ । उहाँको दाइभाउजूलाई पार्टीभित्र हाबी बनाउन खोज्नुभयो, त्यही भएर साथीहरू असन्तुष्ट छन् । उहाँको समर्थनमा पदाधिकारी पनि छैनन् । २ जना पदाधिकारीलाई कारबाही गरेर निलम्बन गर्नुभयो । एकजनालाई जेल पठाउनुभयो । भोलि अरु पदाधिकारीमाथि पनि तरबार राखेको देखियो । त्यसमाथि सबै पावर दाइको हातमा सुम्पिनुभयो । त्यही भएर ठूलो निर्णय गरि नहालौँ भन्नेमा पुग्नुभएको हो,’ उनले थपे ।
रेशमलाई ल्याएर पार्टीको विवाद साम्य पार्ने राउतको प्रयास तत्कालका लागि रोकिएको उनको भनाइ छ ।
‘रञ्जिताजीले आफूसँग एकता गर्न भन्नुुहुन्छ, रेशमजीले रञ्जिता छोडेर एकता गरौँ भन्नुहुन्छ, रेशमजीलाई मात्र ल्याऔँ भने वैधानिक केही छैन । रञ्जिताजीलाई मात्र ल्याऔँ भने सांसद र केही मेयर त आउलान्, कार्यकर्ता आउँदैनन् । यो दुईवटा नमिलाई एकता गाह्रो छ,’ जनमतका अर्का पदाधिकारीले भने ।
यद्यपि, नागरिक उन्मुक्तिसँग एकता गर्ने कुराबाट पछि नहटेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार