अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २९, सोमबार १६:५६

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी पार्टीले लिने घोषणा गरेका छन् । नाजायज रूपमा हिरासतमा राखिएका देशभक्त–राष्ट्रवादी बन्दीहरूको कानूनी प्रक्रियामा राप्रपाले सघाउने उनले बताए ।

राप्रपाको कार्यालयमा संयुक्त जनआन्दोलन समितिको बैठकमा लिङदेनले यस्तो घोषणा गरेसँगै सबै स्वागत गरे । राजसंस्था पक्षधर सबैभन्दा ठूलो दलका रूपमा राप्रपाले गरेको यो जिम्मेवारीबोधको राजावादी नेताहरूले प्रशंसा गरेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत तीनकुने घटनामा पक्राउ परेका सबैको कानूनी प्रक्रियामा लाग्ने आर्थिक दायित्वसमेत राप्रपाले व्यहोर्नेछ ।

‘अहिलेसम्म सबैले आआफ्नो व्यक्तिगत हिसाबले गरिराख्नुभएको थियो, अब सबैको जिम्मेवारी राप्रपाले लिएको छ,’ उनले भने ।

अध्यक्ष लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपा सम्बद्ध कानून व्यवसायी संगठन र अधिवक्ताहरूलाई आग्रह समेत गरेका छन् । निःशुल्क कानूनी सहायता प्रदान गरिरहेका कानून व्यवसायीलाई बैठकले धन्यवाद र आभार प्रकट गरेको थियो ।

स्मरणीय छ कि तीनकुनेमा १५ चैतमा भएको राजावादी आन्दोलनको आयोजक राप्रपा थिएन । दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले यो कार्यक्रमका आयोजना गरेको हो, जसको अपनत्व संयुक्त जनआन्दोलन समितिले समेत लिएको थिए । राप्रपा अध्यक्ष लिङदेन उक्त आन्दोलनमा सहभागी थिएनन् ।

मुख्य आयोजक दुर्गा प्रसाईँ पनि प्रहरी हिरासतमा छन् । राप्रपाले सबैको जिम्मेवारी वहन गर्ने निर्णय गर्दा दुर्गा पनि त्यसभित्र पर्छन् वा पर्दैनन् भन्ने चाहिँ अस्पष्टता देखिएको छ । राप्रपा स्रोतले यो विषयमा अनभिज्ञता दर्शायो ।

स्रोतले भन्यो, ‘अध्यक्षज्यूले कसैको पनि नाम तोक्नुभएको छैन । सबैको जिम्मेवारी लिने भन्नुभएको हिसाबले उहाँ पनि त्यसमा अटाउनु पर्ने हो ।’

राप्रपा र दुर्गा प्रसाईंबीच सुमधुर सम्बन्ध थिएन । प्रसाईँले सार्वजनिक फोरममै राप्रपाको आलोचना गर्ने गरेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार