अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २८, आईतवार १०:०४

सञ्जय मिश्रा
रौतहट, २८ बैशाख। नेपाल चिकित्सक संघ रौतहटको अध्यक्षमा डाक्टर सुभाष चौधरी चयन भएका छन्।

शनिवार जिल्लाको उत्तरी भेग चन्द्रनिगाहपुरस्थित सम्पन्न चिकित्सकहरूको भेलाले चन्द्रपुर अस्पताल प्रालिका संचालक तथा प्रमुख चिकित्सक डाक्टर सुवास चौधरीकोको नेतृत्वमा १५ सदस्यीय चिकित्सक संघ रौतहट शाखाको तदर्थ समिति गठन गरेको हो।

नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा डाक्टर कौशर आलम, उपाध्यक्षमा डाक्टर राकेश चौधरी, सचिवमा डाक्टर मनोज कुमार कौशल, कोषाध्यक्षमा डाक्टर सशि रञ्जन तिवारी, सहसचिवमा डाक्टर नबिन कुमार सिंह, सह कोषाध्यक्षमा डाक्टर रामभरोस प्रसाद चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा डाक्टरहरु श्यामबाबु साह, राकेश कुमार साह, पंकज कुमार साह, यादव प्रसाद घिमिरे, रामईश्वर साह, अमरेश कुमार यादव, अम्बेडकर कुमार यादव र डाक्टर सदरे आलम चुनिएको अध्यक्ष डाक्टर चौधरीले न्युज कारखाना लाई बताएका छन्।

भेलाले डाक्टर राजेन्द्र कुमार चौधरी र डाक्टर अभिनन्दन श्रीवास्तव लाई संघको सल्लाहकार समितिमा चयन गरेको छ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा केन्द्रीय महासचिव डाक्टर संजिव तिवारीसहित अन्य केन्द्रबाट  बरिस्ठ चिकित्सकहरुको आतिथ्यतामा रौतहट जिल्लाभरीका चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार