अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २७, शनिबार ११:३९

एजेन्सी । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान–उल–मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो ।

अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको छ ।

पाकिस्तानी सुरक्षा स्रोतहरूले भारतको पञ्जाब राज्यको ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थल पनि पाकिस्तानको हमलाबाट प्रभावित भएको दाबी गरेको छ ।

यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले एक टेलिभिजन सम्बोधनमार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरे पनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको जिकिर गरेका छन् ।

उनका अनुसार भारतले रावलपिन्डीको नूर खान एयरबेस, चकवाल सहरको मुरीद एयरबेस र झांग जिल्लास्थित रफीकी एयरबेसमा आक्रमण गरेको हो ।

शरीफले यो पनि दाबी गरे कि भारतद्वारा प्रक्षेपित केही मिसाइलहरू अफगानिस्तान पनि पुगेका छन्, यद्यपि यसबारे उनले तत्काल प्रमाण भने प्रस्तुत गर्न सकेनन् । तर उनले पाकिस्तानसँग प्रमाण रहेको दाबी गरे।

भारतको प्रतिक्रिया

भारतको रक्षा मन्त्रालयले भारतमा बारामुलादेखि भुजसम्म २६ स्थानहरूमा शंकास्पद सशस्त्र ड्रोनहरू देखिएका बताएको छ । यी ड्रोनहरूले नागरिक तथा सैन्य संरचनाहरूमा क्षति पु¥याउन सक्ने सम्भावना पनि मन्त्रालयले औंल्याएको छ ।

यी ड्रोनहरू पाकिस्तानसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सिमाना र नियन्त्रण रेखा नजिकका विभिन्न स्थानहरूमा देखिएका हुन् ।

यीमध्ये फिरोजपुरमा एक ड्रोनले एक नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको भारतको रक्षा मन्त्रालयले दाबी गरेको छ । यसबाट धेरै स्थानीय बासिन्दाहरू गम्भीर घाइते भएका छन्।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र सुरक्षा निकायहरूले घटनास्थलको अनुसन्धान गरिरहेका मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘भारतीय सशस्त्र बलहरू पूर्ण सतर्क अवस्थामा छन् र यस्ता सबै हवाई खतराहरूलाई काउन्टर–ड्रोन सिस्टमबाट सामना गरिँदैछ। हामी प्रत्येक परिस्थितिमा कडा नजर राखिरहेका छौं र आवश्यक परे तत्काल कारबाही गरिरहेका छौं।’

रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ। सेनाले भनेको छ, ‘डराउनु पर्दैन, तर सतर्क रहनु आवश्यक छ ।’

के हो ‘बुनयान–उल–मर्सूस’ ?

बुनयान उल मर्सूसको अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो अपरेशनको नाम कुरानबाट लिइएको हो । यसले राष्ट्रको सुरक्षा गर्न सेनाको एकता, शक्ति र अनुशासनमाथि जोड दिन्छ ।

इस्लामी सन्दर्भमा यसलाई एकता, अनुशासन र संकल्पको प्रतिकको रूपमा लिइन्छ ।

पाकिस्तानका सूचना मन्त्री अताउल्लाहका अनुसार यस नामको अर्थ हो, ‘सिसाबाट बनाइएको बलियो पर्खाल’, अर्थात् एक यस्तो पर्खाल जुन अत्यन्तै सतिसालझै रक्षाका लागि उभिन्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार