अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २७, शनिबार ११:२७

भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा सरकारले भारतीय सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

भारततर्फका अन्तर्राष्ट्रिय सीमा नाकामा निगरानी बढाउन गृह मन्त्रालयले निर्देशन दिएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकामा सुरक्षा गस्ती र जाँच बढाएका हुन् । नेपाल–भारत ओहोरदोहोर गर्नेहरुको परिचयपत्र हेर्ने र अभिलेख राख्ने गरिएको छ ।

यसैबीच हिजो भारतीय राजदूत नवीन श्रीवास्तवले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएकाे बताउनु भएकाे छ ।

काठमाण्डौकाे लैनचौरमा रहेको दूतावासमा मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले भारतका संवेदनशील क्षेत्रमा केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको, छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा कुनै पनि किसिमको समस्या नआउने गरी आवश्यक काम भइरहेको उल्लेख गर्नुभएको छ ।

घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो रहेकोमा उहाँको जोड छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार