अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २७, शनिबार १०:१४

एजेन्सी । पाकिस्तानतर्फबाट भएको गोलीबारीमा जम्मू–कश्मीर प्रशासनका एक उच्च अधिकारीको मृत्यु भएको भारतले दाबी गरेको छ ।
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिंदै अतिरिक्त जिल्ला विकास आयुक्त (एडिशनल डिभिजनल कमिस्नर) राजकुमार थापाको मृत्यु भएको बताएका छन् ।
‘राजौरीबाट दुःखद खबर आएको छ,’ उनले लेखेका छन्, ‘हामीले जम्मु–कश्मीर प्रशासन सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । हिजोमात्रै उनी उपमुख्यमन्त्रीसँगै जिल्लामा थिए र मेरो अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा पनि सहभागी भएका थिए ।’
मुख्यमन्त्री अब्दुल्लाहका अनुसार पाकिस्तानले राजौरी शहरलाई लक्षित गरी गरेको गोलीबारीमा थापाको घर निशानामा परेको थियो । सोही आक्रमणमा थापाको मृत्यु भएको हो ।
गोलीबारीबाट अन्य क्षति भएको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । भारतीय सुरक्षाफौजले गोलीबारीको जवाफ दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार