अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २६, शुक्रबार १०:२१

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीति तीन ध्रुवमा धु्रवीकृत हुँदै गएको बताएका छन् ।

जसपा नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अग्रगामी, यथास्थितिवादी र पश्चगामी गरि तीन ध्रुवमा राजनीतिक विभाजन भएको बताए । उनले अग्रगामी शक्ति जनआन्दोलन, सशस्त्र विद्रोह र मधेश आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समावेशिता, नागरिक स्वतन्त्रता र मौलिकहकको रक्षाका लागि दृढ रहे पनि यथास्थितिबादीहरु लोकतान्त्रिक मूल्य मान्यतालाई स्वीकार्य गरे पनि संघीयता र समावेशितालाई पचाउन नसकेको जिकिर गरे ।

पछिल्लो समयमा पश्चगामी शक्तिहरु समेत टाउको उठाउन थालेको भन्दै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशिता र नागरिक स्वतन्त्रताको पक्षमा चट्टानी अडानका साथ जसपालाई उभिनु पर्ने अवस्था आएको बताए । राजनीतिक खिचातानीका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भए पनि समानता, भागेदारी र समानुपातिक प्रतिनिधित्वको समस्या अझै कायम रहेको बताए ।

अग्रगामी शक्तिहरु कमजोर हुँदा यथास्थितिवादी र पश्चगामी शक्तिहरु प्राप्त उपलब्धिलाई संकटमा पार्ने दुस्साहस गर्न थालेको भन्दै उनले त्यस्तो दुष्प्रयासलाई आफूहरु परास्त गर्ने बताए । सो अधिवेशनका लागि जिल्लाभरबाट करिब ३ सय २५ जना प्रतिनिधि छनोट भएका छन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार