अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २६, शुक्रबार १०:१८

एजेन्सी ।
भारत र पाकिस्तानबीचको तनाव चुलिँदै जाँदा, नियन्त्रण रेखाको दुवै पक्षमा गलत सूचना र पुष्टि नभएका हल्लाहरू फैलिरहेका छन् । यद्यपि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएका पछिल्ला मुख्य घटनाहरूको सारांश ।
पाकिस्तानी सेनाको दाबीः पाकिस्तानले बिहीबार भारतले आक्रमणकारी ड्रोनहरू पठाएको र तिनले कम्तीमा दुई पाकिस्तानी सर्वसाधारणको ज्यान लिएको दाबी गरेको छ । पाकिस्तानी सेनाले आफ्नो आकाशमा भारतका २५ ड्रोन खसालेको पनि दाबी गरेको छ ।
भारतको आरोपः भारतले पाकिस्तानले जम्मुस्थित अखनूर, साम्बा, कठुआ लगायत थुप्रै स्थानमा आक्रमण गरेको आरोप लगाएको छ ।
भारतको थप दाबीः पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरका सैन्य केन्द्रहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको भारतको भनाइ छ । यी स्थानहरू दुवै देशको सिमानासँग निकट छन् ।
पाकिस्तानी पाइलट पक्राउः भारतीय मिडियाले एक पाकिस्तानी लडाकु विमानका पाइलट जैसलमेर नजिक विमानबाट इजेक्ट भएपछि भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको रिपोर्ट गरेको छ ।
पाकिस्तानको खण्डनः पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तारडले बिहीबार जम्मु–काश्मीरमा पाकिस्तानले कुनै आक्रमण नगरेको दाबी गरेका छन् । उनले पाकिस्तानी सेनाले ‘अन्तर्राष्ट्रिय सीमा पार गरेर गोली नचलाएको’ र पाकिस्तानी पाइलट पक्राउ परेको दाबी पनि अस्वीकार गरेका छन् ।
अमेरिकाको चिन्ताः अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भारत र पाकिस्तान दुबैका नेताहरूसँग फोन वार्ता गर्दै ‘तात्कालिक तनाव कम गर्ने आवश्यकतामा जोड’ दिएका अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टैमी ब्रूसले बताएकी छन् ।
अमेरिकास्थित पाकिस्तानी दूतको खुलासाः अमेरिकास्थित पाकिस्तानका राजदूत रिजवान सईद शेखले भारत र पाकिस्तानबीच राष्ट्रिय सुरक्षा तहमा सम्पर्क भएको पुष्टि गरेका छन् । तर उनले हालका घटनाक्रम र दुवैतर्फबाट आइरहेका उत्तेजनात्मक अभिव्यक्तिहरूको बीचमा तत्काल तनाव कम गर्न आग्रह गरेका छन् । सीएनएनसँगको अन्तर्वार्तामा शेखले भने, ‘अब तनाव न्यूनीकरणको जिम्मेवारी भारतको काँधमा छ, तर संयमित रहने कुरामा पनि केही सीमाहरू छन् । पाकिस्तानसँग जवाफ दिने अधिकार सुरक्षित छ। हाम्रो आम जनमत सरकारमाथि प्रतिक्रिया जनाउन दवाब दिइरहेको छ ।’
पीएसएलका बाँकी खेल युएई सार्ने निर्णयः भारतसँगको चुलिंदो तनाव र बढ्दो सुरक्षा चिन्ताका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी आठ खेल युनाइटेड अरेब इमिरेट्स (यूएई) सार्ने निर्णय गरेको छ ।
पीसीबीका अध्यक्ष तथा पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नकवीले खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् । ‘पीसीबीको सधैंको धारणा रहँदै आएको छ कि राजनीति र खेललाई अलग राखिनुपर्छ,’ नकवीले बताएका छन् ।
उनले थपे, ‘तर, भारतको रङ्गशालालाई लक्षित आक्रमण जस्तो निकै गैरजिम्मेवार र खतरनाक कदमलाई ध्यानमा राख्दै पीसीबीले यो निर्णय गर्नुपरेको हो ।’ पीसीबीद्वारा जारी विज्ञप्तिमा नकवीलाई उद्धृत गर्दै उल्लेख गरिएको छ ।
टर्कीका प्रधानमन्त्रीको प्रतिक्रियाः टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले भारत र पाकिस्तानबी चलिरहेको तनावमाथि सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिएका छन् । इर्दोगानले लेखेका छन्, ‘मिसाइल आक्रमणमा धेरै निर्दोष सर्वसाधारणको मृत्यु भएको खबरले हामी चिन्तित छौं कि भारत र पाकिस्तानबीचको यो तनाव अब गम्भीर संघर्षमा परिणत हुन सक्छ ।’ इर्दोआनले एक दिनअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग फोनमा कुराकानी गरेका थिए ।
भारतले बन्द ग¥यो २७ विमानस्थलः पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो । पाकिस्तानले बिहीबार राति एक्कासी भारततर्फ हमला गरेको थियो । सो हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो । तर त्यहाँको स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन । पाकिस्तानबीच तनाव बढेपछि सुरक्षा परिस्थितिको कारण देखाउँदै भारतको जम्मुसहित अरु २७ विमानस्थलहरु १० मे बिहान साढे पाँच बजेसम्मका लागि बन्द गरिएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार