अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २३, मंगलवार १३:५३

जनकपुरधाम ।

नेकपा एमाले धनुषाको नयाँ नेतृत्वकालागि मंगलबार निर्वाचन कार्यतालिका राखिएको थियो । निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण तयारी समेत पूरा गरि सकेको थियो । तर मतदाता नामावाली प्रकाशित भएसंगै एमाले धनुषाको एक पक्षले निर्वाचन समिति एकपक्षिय रहेको र धाँधलीमा लागेको आरोप लगाएपछि विवादको सिर्जना भयो । अर्थात अधिवेशनबाट आफनै आसेपासे नेतृत्वमा आउनुपर्छ भन्ने तयारी केन्द्रिय तहका नेताहरुले गरेपछि मतदान मात्रै प्रभावित भएन कुर्सी हानाहानसम्म भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ । एक समुहले वर्तमान अध्यक्ष राजकिशोर यादव माथी कुर्सी प्रहार गरेको आरोप लगाए । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । गत वैशाख २० गतेदेखि जनकपुरधाममा एमाले धनुषाको अधिवेशन जारी छ ।

अधिवेशनबाट एमाले धनुषाको नेतृत्व सर्वसम्मत गरेर चयन गरेर प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । एमाले धनुषाको अध्यक्ष पदमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् । सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।

उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ । उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवारी दिएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

निर्वाचन र पक्रियामा आफना आसेपासे मात्र भाग लिएर नेतृत्वमा आओस भन्ने मनसायले धेरै जेनुन क्रियाशिल युवाहरु सदस्यताबाट बञ्जित गरिएको गुनासो एमाले भित्रै छ । धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सञ्जीव झा ‘सुरज’सहितका नेताहरूको धार छ । दुबै समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार