अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २३, मंगलवार १०:०१

सर्लाही — जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काले नयाँ प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत तथा प्रशासन विभागअन्तर्गत कर्मचारी प्रशासन शाखा नक्सालको आदेशअनुसार उहाँ सर्लाही सरुवा भई आएका हुन् ।

एसपी खड्काको आगमनको अवसरमा सोमबार मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा एक औपचारिक स्वागत समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न प्रहरी अधिकृतहरू, अन्य सुरक्षाकर्मीहरू तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा सहभागीहरुले एसपी खड्कालाई सफल कार्यकालको शुभकामना दिँदै जिल्लामा शान्ति, सुरक्षा र सुशासन प्रवर्द्धन गर्न उहाँको नेतृत्वमा प्रहरी प्रशासन प्रभावकारी रहने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार