जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधि सर्लाही पुग्दा गाडीको यस्तो लस्कर देखिएको छ ।
उहाँ अघि–अघि र पछि दर्जनो गाडी रहेको थियो । सरकारमा पार्टी रहँदा नेताहरुको यस्तै स्वागत हुने गरेको एकजना स्थानीयले बताइरहेका थिए ।
२०५९ सालमा माओवादीबाट हत्या गरिएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ साविकको अत्रौली गाविसका उपाध्यक्ष कांग्रेसका निडर नेता सुखदेव महतोको सोही वडामा नवनिर्मित शालिक अनावरण गर्न निधि त्यहाँ पुगेका थिए । सोही बेला गाडीको यस्तो लस्कर देखियो ।





