अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २२, सोमबार १७:२५

रौतहटको एक सुधार केन्द्रमा युवकमाथि कुटपिट गरेको भिडिओ बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको छ।

आइतबार बिहान गौर नगरपालिका-४ मा रहेको सुधार केन्द्रको एउटा भाइरल भएपछि प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीले जानकारी दिए।

उनका अनुसार कार्यालयबाट डिएसपी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटबाट पनि सहायक सिडिओ नेतृत्वको टोली खटिएको छ।

‘भिडिओ आएको थाहा पाएपछि टोली खटिएको छ। त्यहाँ पुगेर के भएको हो भन्नेबारे बुझ्ने काम भइरहेको छ,’ उनले भने।

भुइँमा तीन जनाले एक जना युवकलाई समातेर पाइपले पैतालामा हिर्काएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उक्त भिडिओ कहिले खिचिएको भन्ने खुलिसकेको छैन।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार