अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २२, सोमबार ११:५८

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात अपराधीहरुलाई राख्ने गरिएको जेल अल्काट्राजलाई पुनः सञ्चालन र विस्तार गर्न सरकारलाई आदेश दिएका छन् । यो जानकारी उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् दिएका हुन् ।
‘म आज ब्युरो अफ प्रिजन, न्याय मन्त्रालय, संघीय जाँच ब्युरो तथा होमल्याण्ड सेक्युरिटीलाई उल्लेखनीय रूपमा विस्तारित र पुनर्निर्मित अल्काट्राजलाई पुनः सञ्चालनमा ल्याउन निर्देशन दिँदै छु,’ ट्रम्पले लेखेका छन्, ‘उक्त जेलमा अमेरिकाका सबभन्दा डरलाग्दा तथा हिंस्रक अपराधीलाई राखिने छ ।’
अमेरिका लामो समयदेखि दुष्ट, हिंस्रक र पटके अपराधीहरूबाट पीडित भइरहेको भन्दै ट्रम्पले अल्काट्राज जेलको पुनः सञ्चालनले कानुनी व्यवस्था र न्यायको प्रतीकको रुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
अल्काट्राज जेल के हो ?
क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरस्थित गोल्डनगेट ब्रिज नजिकैको सानो टापु अल्काट्राजमा अवस्थित यो एक पुरानो जेल हो ।
यसलाई बीसौं शताब्दीको सुरुमा पुनर्निर्माण गरिएको बताइन्छ । नौसैनिकहरुले सुरुमा सुरक्षा किल्लाको रुपमा प्रयोग गरेको अल्काट्राजलाई पछि कारागारका रूपमा प्रयोग गरिएको थियो । त्यहाँ अत्यन्तै खतरनाक र बारम्बार जेलबाट भाग्ने अपराधीहरूलाई राख्ने गरिन्थ्यो ।
टापुमा रहेको हुँदा यहाँबाट भाग्न अत्यन्त कठिन मानिन्थ्यो । कडा सुरक्षा र चिसो पानीका कारण भाग्ने प्रयासहरू असफल हुन्थे । तर पनि सन् १९६२ मा तीन जना कैदीहरूको भाग्ने प्रयास अहिलेसम्म पनि रहस्यमय मानिन्छ । उनीहरू बाँचे कि मरे पुष्टि भएको छैन ।
किन बन्द गरियो ?
यो जेल सन् १९६३ मा बन्द गरिएको थियो । त्यसपछि अल्काट्राज हाल पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।
टापुमा रहेकाले त्यहाँ खाना, पानी, इन्धन र अन्य आवश्यक सामग्रीहरू सबै सानफ्रान्सिस्कोबाट डुंगामार्फत लैजानुपथ्र्यो । अन्य स्थानका कैदीहरूका तुलनामा यहाँ प्रतिव्यक्ति खर्च तीन गुणा बढी थियो ।
यसैगरी अल्काट्राजका भवनहरू समुद्री हावाको कारण छिट्टै क्षतिग्रस्त हुँदै गएका थिए । भवनहरूको मर्मत गर्न धेरै पैसा खर्च हुन्थ्यो । भविष्यमा यसको संरक्षण सम्भव नहुने देखिएको थियो । टापुमा फोहोर व्यवस्थापन र नाली प्रणाली कमजोर थियो, जसले खाडीको वातावरणमा असर गरिरहेको थियो ।
अमेरिकी सरकारसँग नयाँ, बढी सुरक्षित र कम खर्चिलो जेलहरू निर्माण गर्ने योजना थियो । त्यसैले अल्काट्राजलाई बन्द गरी नयाँ जेलहरू खोल्ने निर्णय गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार