अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २१, आईतवार १९:४५

रौतहट २१ बैशाख। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय जितेन्द्र साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले न्युज कारखानालाई बताएका छन्।

आरोपी साहले बिना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागुऔषधको कारोवार गर्दै आएका थिए।  साहले औषधी ब्यवसायको नाममा  लुकिछिपी लागुऔषधको कारोबार गर्दै आएको सूचनाको आधारमा हामीले रेकी गर्दै आएको र आज छापा मारको  डिएसपी राईले बताएका छन्।

आईतवार ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापामारी गरेको हो। छापामारीको क्रममा उक्त मेडिकलबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलका ४ हजार ५ सय  क्याप्सुल बरामद गरिएको डिएसपि राईले जानकारी दिएका छन्।

आरोपी जितेन्द्र साहले भारतीय बजारबाट लुकिछिपी प्रतिबन्धित नशालु ट्याब्लेट क्याप्सुल ल्याएर मेडिकलमा भण्डारण गरेर राख्ने गरेका थिए। पछी आफ्नो सुबिधा अनुसार बागमती, चन्द्रनिगाहपुर क्षेत्रका युवाहरूलाई महंगो मूल्यमा बिक्रि गर्नुका साथै राजधानी काठमाडौं सम्म पुर्याउने गरेको अनुसन्धानबाट खुलेको डिएसपी राईले जानकारी दिए ।

चन्द्रपुर नगरपालिका अन्तर्गतका सम्पूर्ण मेडिकल सञ्चालक लाई बोलाएर छलफल गरी लागुऔषध कारोवार नगर्न तथा नियन्त्रणमा सहयोग गर्न अनुरोध गरिएको थियो। अनुरोध पछि बिगतमा त्यस्ता कारोवार गर्नेहरुले अहिले छोडेका छन्। तर कतै दर्तानै नभएका केही औषधी पसलेले प्रतिबन्धित लागुऔषध बिक्रि गरिरहेको गुनासोको आधारमा निज जितेन्द्र साहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको तथा अन्यको निगरानी भईरहेको डिएसपी राईले बताए।

आरोपी जितेन्द्र माथी लागुऔषध सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार