अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २१, आईतवार १९:१७

जनकपुरधाम । मधेशको गृह संचार तथा कानुन मन्त्रालय अगाडी मधेश आन्दोलनका शहीद परिवारले धर्ना दिएका छन् ।

मधेशी शहीद प्रतिष्ठानका सदस्य रामनरेश रायको मृत्युको कारणबारे स्पष्ट गर्नुपर्ने, रोजगारी पाएका शहीद परिवारका सदस्य रोजगारी यथावत राख्नु पर्ने, समयमा ज्याला पाउनुपर्ने लगायतको मागसहित उनीहरु धर्ना बसेका हुन् ।

शहीद प्रतिष्ठानमा सदस्यको नियुक्ति प्रक्रिया अघि नबढेको, स्वास्थ्य बिमा प्रक्रिया अगाडि नबढेको, शहीद परिवारका सदस्यको विगत जस्तो करारमा नभएर दैनिक ज्यालादारीमा झारेको, हटाउँदै गएको शहीद परिवारहरुको गुनासो छ ।

‘शहीद परिवारका सदस्यहरुलाई जागिरबाट हटाउँदै गएको छ । प्रतिष्ठानका सदस्य रामनरेश रायको मृत्यु भयो, के कारणले भयो अहिलेसम्म प्रष्ट पारेको छैन, नत समयमा ज्याला दिइरहेका छन्’, शहीद चन्दन पटेलका पिता अवधेश पटेलले गुनासो गरे, ‘मन्त्रीहरुले शहीद परिवारलाई भेट गर्न चाहेका छैनन्’

गत फागुन १९ गते राति मधेश भवनको आवासमा प्रतिष्ठानका सदस्य राय सुतेकै ओछ्यानमा मृत फेला परेका थिए । मुख्यमन्त्री लालबाबु राउत सरकारको पालामा एक शहीद परिवार एक रोजगार कार्यक्रम लागू भएको थियो ।

धर्ना स्थलमै सञ्चारमन्त्री राजकुमार लेखीले प्रक्रियामा रहेकाले कामहरु अघि बढिरहेको बताए । गुनासो सुन्दै मन्त्री लेखीले भने, ‘भनेकै बखत केही कुरा पूरा हुँदैन । काम प्रक्रिया अनुसार नै हुन्छ । हामी लागिरहेका छौं ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार