अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २१, आईतवार १५:५४

जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई अपहरण गरेको आरोपमा एक नाबालकसहित चार जनालाई पक्राउ गरेको छ।

अपहरण तथा शरीर बन्धक आरोपमा उनीहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

गएको मंगलबार राति बाराको कलैया उपमहानगरपालिका–१८ का २६ वर्षीय सुधीरप्रसाद साह अवहरणमा परेका थिए।

 

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी सुवास भट्टका अनुसार पक्राउ पर्नेमा वीरगन्जको मुरलीका २३ वर्षीय रिकेशकुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, पर्साकै सखुवाप्रसौनी गाउँपालिका–३ का २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक छन्।

साहलाई अपहरणपछि उनीहरुले फिरौती माग गरेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

वीरगन्ज महानगरपालिका–१२ मुरलीको एक घरबाट अपहृत साहलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी

अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार