अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २१, आईतवार १५:५१

राष्ट्रियसभाले भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी प्रिसा साहको मृत्युबारे निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

 

आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताउनुभयो । घटनाको कारण खोजेर मृतक र मृतकका परिवारलाई न्याय दिन अध्यक्ष दाहालले सभाको तर्फबाट सरकारलाई निर्देशन दिनुभएको हो । उहाँले कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

राष्ट्रियसभाका सांसदहरूले घटना भएको केआईआईटी विश्वविद्यालयमा एनओसी नदिन सुझाव दिएका छन् । विदेशमा अध्ययन गर्न जानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन (एनओसी) शाखाबाट वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्छ । यस निम्ति कुन कुन कलेजमा लिन पाउने वा नपाउने भन्नेसमेत सरकारले तय गर्ने गर्दछ ।

 

सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ८ का श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा अस्ति बिहीवार बेलुका केआईआईटीमा मृत फेला पर्नुभएको हो । त्यही कलेजमा यसअघि रुपन्देहीकी प्रकृति लम्साल पनि मृत भेटिनुभएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार