काठमाडौं । जसपा नेपालकी नेतृले रंगदारी गीतमा नाच्दै फायरिङ गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
पूर्वमन्त्री मृगेन्द्र सिंहकी छोरी समेत रहेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवको भिडिओ भाइरल भएको हो ।
उनी बोदे बर्साइनका नगरप्रमुख आतिश सिंहकी बहिनी, प्रदेशसभा सदस्य अनिरुद्ध सिंहकी भतिजी समेत हुन् ।
यादवले नाचगानमा पेस्तोलबाट फायरिङ गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यता डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको हो ।
पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी नेतृ डा. बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् । डान्स गर्दै पेस्तोल पड्काएकी थिइन् ।





