अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १८, बिहीबार १२:५०

एजेन्सी । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बिच भारतले बुधबार पाकिस्तानी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यो प्रतिबन्ध मे १ देखि मे २३ सम्म लागू हुने बताएका हुन् ।

यससम्बन्धमा, भारतीय विमानस्थल प्राधिकरण (एएआई) ले बुधबार साँझ एक नोटमा जारी गरेको छ । हवाई क्षेत्रमा उडानहरूको सम्बन्धमा नोटम अर्थात् ‘नोटिस टू एयरमेन’ जारी गरिन्छ ।

यो प्रतिबन्धको अर्थ भारतीय हवाई क्षेत्र पाकिस्तानमा दर्ता भएका पाकिस्तानी एयरलाइन्स र अपरेटरहरूद्वारा सञ्चालित, स्वामित्वमा रहेका वा भाडामा लिइएका विमानहरूका लागि उपलब्ध हुनेछैन ।

एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईलाई बताएअनुसार यो प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुनेछ ।

भारत र पाकिस्तानबिच कुनै सिधा उडान भने छैन । तर, पाकिस्तानी एयरलाइन्सहरूले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली देशहरूमा उडानहरूका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्छन् ।

अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिन पछि, अप्रिल २३ मा भारतले पाकिस्तानविरुद्ध धेरै कदम चालेको थियो । यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारीमा रहेको एक मात्र स्थल सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश थियो ।

यसको प्रतिक्रियामा पाकिस्तानले भारतीय विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो भने तेस्रो देशहरूमार्फत भारतसँगको सबै व्यापार निलम्बन गरेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार