अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १४, आईतवार १८:००

सर्लाहीको मलंगवा नगरपालिका–६, खुटौनास्थित भित्री सडकखण्डमा स्रोत नखुलेको ठूलो रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्ला, कुनौली थाना निवासी ४० वर्षीय शम्भु कुमार साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, आज बिहान करिब ७ बजेतिर प्रहरी चौकी खुटौनाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ भित्रिरहेको BR 06 CT 2422 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा साहसँग लुकाइछिपाइ राखिएको नेपाली रुपैयाँ ३२ लाख ३५ हजार ४४० र भारतीय रुपैयाँ २ हजार १४० फेला पारेको हो।

श्रोत खुल्न नसकेको उक्त रकमसहित मोटरसाइकल र साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अहिले उनीमाथि थप अनुसन्धान भइरहेको र घटनाका सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार