अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १४, आईतवार ११:५५

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएकाले आइतबार र सोमबार आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले शनिबार भएको आगलागीका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिए ।
शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोर (अस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठा) मा आगलागी भएको थियो । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ ।
भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीन/चार करोड क्षति भएको अनुमान गरिएको मेसु डा. सुवेदीले जानकारी दिए ।
यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विवरण पत्ता लगाउन अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिलाई जतिसक्यो छिटो प्रतिवेदन बुझाउन भनिएको मेसु डा. सुवेदीले बताए ।
अस्पतालको ओपीडी बिल्डिङमा लागेको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो । त्यसक्रममा बिल्डिङभरी पानी र जलेका/नजलेका सामानहरु छरपस्ट छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार