अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १३, शनिबार १८:४९

काठमाडौँ — काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा शिक्षक-शिक्षकबीच नै कुटपिट भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।

शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा आपसी मतभेद भएपछि १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

 

जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी थिए । जिल्लाबाट समन्वय गरेर ल्याउने क्रममा उनले पैसाको हिसाबकिताब राखेको र त्यसमा मतभेद हुँदा उनीमाथि धकालधुकुल भएको एक शिक्षकले बताए ।तर, घाइते शिक्षक जोशीको टाउकामा टुटुल्को उठेको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनालगत्तै प्रहरीको टोलीले जोशीलाई मीनभवनस्थित सिभिल अस्पताल पुर्‍याएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार