अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १३, शनिबार १८:४४

भारत प्रशासित राज्य जम्मु-कश्मिरको पहलगाममा यही अप्रिल २२ तारिख भएको आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेलाई न्याय माग्दै शनिबार काठमाडौँस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन गरिएको छ।

 

युवाहरूले सुदीप न्यौपानेको तस्बिर अंकित ब्यानर बोक्दै गरेको प्रदर्शनमा राप्रपाको ब्यानर पनि देखिएको थियो।

 

 

विभिन्न नारा लेखिएका ब्यानर बोकेका प्रदर्शनकारीले घटनाका विषयमा मुस्लिम आयोग नबोलेको भनी टिप्पणी गरेका थिए।

 

गत मंगलबार पहलगाममा आतंककारीले धर्म सोधी सोधी २६ पर्यटकलाई गोली हानेर मारेका थिए। तीमध्ये त्यहाँ घुम्न पुगेका रुपन्देही बुटवलका सुदीप न्यौपाने पनि मारिएका हुन्।

 

उक्त आतंकवादी हमलामा भारतले पाकिस्तानलाई दोष लगाउँदै उसविरुद्ध विभिन्न निर्णय गरेको छ भने जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध कूटनीतिक कदम चालेको छ।

 

साथै उसले आफूलाई आरोप लगाउने काम बन्द गर्न आग्रह गर्दै घटनाको निष्पक्ष छानबिनमा सहयोग गर्न तयार रहेको पनि बताएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार