अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १३, शनिबार १२:५८

जनकपुरधाम ।

धनुषाको लक्ष्मीनियाँमा नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाउँदै उनलाई कडा कारबाहीको माग गरेको छ ।

नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर–ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो । सांसद झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसंग माग गरे ।

लिङ्देनले हिजो संसदमा भाटभटेनी लुटपाटमा सत्तारुढ दल कांग्रेसकै सह–महामन्त्रीको छोरा पनि थिए, तर प्रहरीले छाडेको अभिव्यक्ति दिएका थिए ।

राजावादीको तीनकुने प्रदर्शनको क्रममा प्रदर्शनकारीले भाटभटेनी लुटपाट गरेको थियो । यद्यपी लिङदेनले कांग्रेसका एकजना सहमहामन्त्रीका छोरा भने पनि कसैको नाम लिएका थिएनन् । केही मिडिया र सामाजिक संजालमा महेन्द्र यादवको छोरा मुकेश यादव भनेर नाम आएपनि उनका मुकेश नामका छोरा छैनन् ।

कांग्रेस सह–महामन्त्री यादवका छोराद्वय विकास र आकाश दुबै डाक्टर छन् । उनीहरु देश बाहिर छन् । तर उनको संलग्नता रहेको आरोप लगाएपछि धनुषा कांग्रेस आन्दोलित बनेको छ ।

झुठा अभिव्यक्ति दिएर राप्रपा अध्यक्ष लिङ्देनले सह–महामन्त्री यादवको चरित्र हत्या गरेकाले उनलाई कानूनी दायरामा नल्याए आफूहरु चुप लागेर नबस्ने कांग्रेस नेताहरुले चेतावनी दिएका

छन् ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार