अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १२, शुक्रबार १२:५५

जनकपुरधाम ।

नेपाल चिकित्सक संघको आह्वानमा तथा जनकपुर अञ्चल शाखाको अगुवाईमा चिकित्सकहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

आन्दोलन अन्तर्गत जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजना हुने धर्नामा सयौं चिकित्सकको सहभागिता रहेको थियो । चिकित्सकहरूले आपतकालीन सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णयअनुसार आवासीय चिकित्सकहरूलाई जीवन निर्वाह भत्ता प्रदान नगरिएकाले आफूहरुलाई आन्दोलित हुनुपरेको डा. रामज्ञान यादवले बताए । उनका अनुसार निर्णय भएको लामो समय बितिसक्दा पनि भत्ता प्राप्त गरेका छैनौँ । उनका अनुसार शुक्रबारदेखि जनकपुरधामका सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा आपतकालीन सेवा बाहेक सम्पूर्ण सेवा बन्द भएका छन् ।

आज आन्दोलनको क्रममा चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिनुका साथै ¥याली निकालेका थिए । चिकित्सकहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र समेत बुझाएका थिए ।

डा. यादवले नागरिक समाज, सञ्चारकर्मी र आम जनतालाई आन्दोलनमा साथ र समर्थन गर्न आग्रह गरेका छन् । उनले भने, “हामीलाई आन्दोलनमा उत्रन बाध्य पारिएको हो । यो कुनै व्यक्तिगत स्वार्थ होइन, स्वास्थ्य प्रणालीमा व्याप्त अन्यायको विरुद्ध उठाइएको आवाज हो ।”

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार