अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १२, शुक्रबार १०:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भन्दा पनि आगामी निर्वाचनका बारेमा चिन्ता लिन कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंको भृकुटिमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यतिबेला नेकपा एमाले र कांग्रेसको सरकार एउटा संकल्पसाथ बनेको सरकार हो । यो स्थिरता र स्थायीत्वका लागि बनेको सरकार हो । यो केही लिएर अघि बढेको छ । सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ उनले भनेका छन् ।

नेकपा एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै सधैं चुनाव हेर्नुपर्ने बताए ।

‘नेकपा एमालेले सरकार बनऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन । नेकपा एमालेले सधैं चुनाव हेरेको हुन्छ । हामीले ७० को चुनाव भन्यौं । र ८४ को चुनाव भनिरहेका छौं । ढुक्कले मिसन ८४ मा लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

कतिपयले सरकार ढल्छ भनेर भनिरहेको बताउँदै अहिलेको गठबन्धन स्थिरता र स्थायीत्वका लागि बनेको ओलीको भनाइ थियो ।

‘सरकार जान्छ, जान्छ भनेर भन्न थालेका छन् । लोकतन्त्रमा सरकार बन्दा लामो समयका लागि ५ वर्षका लागि बन्छ । यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि कसैको वंशको शासन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘५० वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेजस्तो । हामीले भनेको स्थिरता जनताको अभिमतसहितको स्थिरता हो ।’

संसद्को बनोट अनुसार ठिक ढंगले देशलाई अघि बढाउन सकेसम्मका प्रयास नेकपा एमालेले गर्ने उनले बताए । ‘यस कुरामा चिन्ता नगर्नुस् । मिसन ८४ मा ध्यान दिनुस्,’ ओलीले सम्बोधनको क्रममा दोहोर्‍याए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार