अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ११, बिहीबार १८:२३

काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा आयोजना गरेको युवा महोत्सवमा युवाहरू भेला हुने क्रम जारी छ ।

देशै भरबाट काठमाडौं आएका युवाहरू भृकुटीमण्डपमा जम्मा हुने क्रम सुरु भएको छ । एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, यूथ सेलिब्रेसनको रूपमा मनाउँदै छ । कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डप जाने क्रम जारी छ ।

सो अवसरमा आज भृकुटीमण्डपमा हुने विशेष कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले दाबी छ । कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्ने छन् । कार्यक्रममा विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू समेत प्रस्तुत हुँदै छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार