अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ८, सोमबार १५:३२

बीस दिनदेखि आन्दोलित शिक्षकहरूले घुसपैठ गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएका छन् ।

सोमबार माइतीघर मण्डलबाट नयाँबानेश्वरसम्मको सडकमा विरोधमा उत्रिएका शिक्षकहरूले एकजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

शिक्षकहरूविरुद्ध नाराबाजी र अभिव्यक्ति दिँदै हिँडिरहेका ती पुरूषलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो । उनले निजी विद्यालयमा पहुँच भएका शिक्षकहरूले सरकारी विद्यालय ठप्प पारेर आन्दोलनमा उत्रिएको आरोप लगाएका थिए ।

त्यसपछि उनलाई केही शिक्षकहरूले धकेल्दै हातपात प्रयास पनि गरे । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

उनले आफूलाई ललितपुरस्थित गोदावरी नगरपालिकाको बासिन्दा भनेका छन् । आफू सरस्वती माध्यमिक विद्यालयमा पढ्ने छोरीको बाबु भएको बताएका छन् । उनले आफूलाई सरोज महतका रुपमा चिनाएका छन् ।

उनले विद्यार्थीहरूको अभिभावकका रुपमा चिनाउँदै शिक्षक आन्दोलनविरुद्ध बोलेका थिए । निजी विद्यालयलाई पोस्ने गरी शिक्षकहरू सडकमा आएको आरोप उनको थियो ।

प्रहरीलाई जिम्मा लगाउने क्रममा उनीमाथि शिक्षकहरूले हात हाल्दै धकेलेका थिए । ती पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएपछि शिक्षकहरूको आन्दोलन अघि बढेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार