अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ७, आईतवार १९:०१

सिंहदरबारमा प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई प्रहरीले रिहा गरेको छ ।

सिंहदरबारबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुराइएका लिङ्देनसहितका सातै जनालाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो । प्रहरीको नियन्त्रणबाट रिहा भएपछि राप्रपा अध्यक्ष लिङ्देनले आइतबारको आन्दोलन सफल भएपनि जेका लागि आन्दोलन गरेको हो, त्यो पूर्ण हुन बाँकी रहेको प्रतिक्रिया दिनुभयो । उहाले थप कार्यक्रम प्रकाशित गरेर आन्दोलन जारी राख्ने उल्लेख गर्नुभयो । उहाले राप्रपालाई साथदिनेहरुलाई धन्यवाद समेत दिनुभयो ।

त्यसअघि आफ्ना नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपाको आकस्मीक कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकले शान्तिपूर्ण मान्यताबाट आफ्नो एजेण्डा स्थापीत गर्न केन्द्रीत हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाले राप्रपामाथि राज्यले गरेको दमन अलोकतान्त्रीक भएकाले सरकारले आफ्नो शैलि सुधार गर्नुपर्नेमा बैठकले जोड दिएको उल्लेख गर्नुभयो ।

आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार