अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ६, शनिबार १४:३५

काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन् । अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् ।

यसैगरी उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मत सहित विजयी भइन् । अर्की प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत पाइन् । महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छन् ।

सचिवमा उर्बशी बस्न्यात १०७ मत सहित विजयी भइन् । सचिव पदमा अर्की प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित भइन् । राइले १०३ मत पाइन् ।

कोषाध्यक्षमा साजना तामाङ १५ मत अन्तरले निर्वाचित भइन् । तामाङ १२० सहित निर्वाचित हुँदा अर्की प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत पाइन् । सदस्यहरुमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन् ।

सञ्चारिका समूहको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन भएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार