अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ५, शुक्रबार १५:१६

गृहमन्त्री रमेश लेखकले संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान च्यात्ने र भत्काउने प्रयत्न भएकाले त्यसको सुरक्षाका लागि तयार भएर बस्न गृहमन्त्रीले निर्देशन दिएका हुन्।

‘संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिस कुनै हालतमा सैह्य हुन सक्दैन। क्षम्य हुँदैन। त्यसकारण सुरक्षा निकायका साथीहरू संविधानका रक्षाका लागि तयार हुनुस्,’ उनले भने।

गृहमन्त्री लेखकले संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने बताए।

‘आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मको विरोध गर्न पाइन्छ तर लोकतन्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन। च्यात्न पाइँदैन। फाल्न पाइँदैन,’ उनले भने।

गृहमन्त्री लेखकले थोरै समयमा धेरै संविधान बन्दा अस्थिरता अन्योल सिर्जना हुने बताए।

अहिलेको संविधानलाई पनि संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्ने बताएका छन्।

‘संविधान निर्माणमा एकाकार हुने दल र राजनीतिक शक्तिहरूबीच सहमतिको आधारमा संविधान संशोधन गर्छौं,’ उनले भने, ‘ अहिलेको संविधानको सुरक्षा आजको आवश्यकता हो।’

कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश मातहत प्रहरी नहुँदा सरकारलाई काम गर्न गाह्रो भइरहेको बताएका थिए। संघीय प्रहरी ऐन बनाएर प्रदेशमातहत पनि प्रहरी राख्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार