अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ४, बिहीबार १६:२६

जनकपुरधाम । सातवटै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन धनुषाको लालगढमा शुरु भएको छ ।

बिहीबार धनुषाको लालगढमा मधेस प्रदेशसभा सचिवालयको आयोजनामा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरुमा छलफल सुरु भएको हो ।

तीन दिनसम्म चल्ने यो सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । उपसभामुखहरूको सम्मेलनमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, मधेस प्रदेशका बबिताकुमारी ईशर, बागमती प्रदेशका अप्सरा चापागाईं, गण्डकी प्रदेशका विना कुमारी थापा, लुम्बिनीका मेनुका खाँड केसी, कर्णालीका यशोदा न्यौपाने, सुदूरपश्चिमका कोइलीदेवी चौधरी उपस्थित रहेकी छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार