अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख १, सोमबार १५:५१

पर्सा । भारतीय मिडियाले नेपालको पूर्वराजालाई समर्थन गर्दै समाचारहरु प्रसारण गरिरहेको भन्दै नेपाली कांग्रेसका नेताहरूले पर्सा जिल्ला प्रशासन कार्यालयमा औपचारिक रुपमा प्रतिबन्धको माग गरेका छन्।
नेताहरूले भारतीय मिडियाले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै समाजमा भ्रम र द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । यसैबीच, हालै पर्सामा सम्पन्न हनुमान जयन्तीको शोभा यात्राका क्रममा घटेको घटनाप्रति पनि कांग्रेसको ध्यानाकर्षण भएको जनाइएको छ । शोभा यात्रामा देखिएको अप्रिय घटनाको दोषीमाथि कारबाहीको माग गर्दै नेपाली कांग्रेसले प्रशासनलाई ज्ञापन पत्र बुझाउने तयारीमा रहेको वा नभएको विषयले स्थानीय स्तरमा चासो बढाएको छ ।
कांग्रेस नेताहरूले लोकतान्त्रिक मूल्य र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन् । एकातिर भारतीय मिडियाको भूमिकाप्रति आपत्ति जनाउँदै प्रतिबन्धको माग गरिएको छ भने अर्कातिर, हनुमान जयन्ती शोभा यात्राको घटनामा कानूनी प्रक्रिया अघि बढाउन दबाब दिन कांग्रेस सक्रिय देखिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार