अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ३०, शनिबार २०:१३

वीरगँज । वीरगँजमा हनुमान जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीच झडप भएको छ ।

शनिबार हिन्दु समुदायका व्यक्तिहरुले मनाउने हनुमान जयन्ती मनाउने क्रममा निकालिएको शोभायात्राको क्रममा दुई समुदायबीच झडप भएको हो ।

शोभायात्रा याली इदगाह चौक छप्पैया पुग्नेबित्तिकै झडपमा परिणत भएको हो । झडपका कारण छपकैया चौक तनावग्रस्त बनेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार हनुमान जयन्तीको ¥याली छप्पैया चोकस्थित इदगाह नजिक पुगेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो, जसले अन्ततः झडपको रूप लिएको हो । झडपको क्रममा केही पसलमा तोडफोड एवं आगजनी समेत भएको छ । सो क्रममा पार्किङ्ग गरि राखिएको केही मोटरसाइकलमा समेत आगजनी भएको छ।

झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार समेत गरेको छ् ।

यद्यपि, झडपको कारण र क्षतिको विवरण लगायत घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । हाल छप्पैया चोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ र स्थिति सामान्य बनाउने प्रयास जारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार