अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ३०, शनिबार १५:५६

रौतहट – माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव यादव दोहोरिएका छन्।

एकीकृत समाजवादी रौतहटको नवाैं जिल्ला अधिवेशनले कमल राय यादवको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।

नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा मदन सापकोटा, जिन्दा देवी, सचीवमा बालकृष्ण श्रेष्ठ, उपसचिवमा  पविन्द्र प्रसाद पटेल, ब्रजेश सिंह र रामवली कुमार यादव छन्।

चैत २८ गते सुरू भई २९ गते अबेर राति अधिवेशन सम्पन्न भएको थियो।

नवाैं अधिवेशनको पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घघाटन गरेका थिए। जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरू सबै निर्विरोध चयन भएको निर्वाचन समिति संयोजक भुपेन्द्र खड्काले बताए।

त्यस्तै जिल्ला कमिटी  सदस्यहरूमा राजदेव सहनी मलाहा, ऋषिप्रसाद ढुङ्गाना, बुधाई खाँ पैठान, मिन्त्रा कुमारी, सुरेन्द्र पनहर, चम्पादेवी राम, रामलक्ष्मण पटेल, उर्मीला देवी पासवान, अवधेश साह, फुलझरिया देवी राम, भूमध्य चौधरी, रामपुकार यादव, दिनेश रामलगायत छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार