अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २९, शुक्रबार ११:३२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने चिनियाँ सामानमा आयात कर १४५ प्रतिशत पु¥याएका छन् ।
चीनले अमेरिकी आयातमा ८४ प्रतिशत प्रतिशोधात्मक शुल्क लगाएपछि अमेरिकाले १२५ प्रतिशत बनाएको थियो । अहिले बढाएर १४५ प्रतिशत पु¥याएको ह्वाइट हाउसबाट प्रकाशित मेमोलाई उदृत गर्दै सीएनबीसी पत्रिकाले जनाएको छ ।
अमेरिकामा फेन्टानिल तस्करीमा चीनको भूमिका रहेको भन्दै वर्षको सुरुमा चीनविरुद्ध लगाइएको २० प्रतिशत अतिरिक्त करलाई जोडेर १४५ प्रतिशत पु¥याइएको समाचारमा बताइएको छ ।
एक दिनअघि ट्रम्पले अमेरिका र चीनबीचको व्यापार घाटा कम गर्ने उद्देश्यले चीनमाथि लगाएको आयात करको प्रतिशोधमा चीनले अमेरिकाविरुद्ध ८४ प्रतिशत प्रतिशोधात्मक आयात कर घोषणा गरेको थियो । बदलामा अमेरिकाले चीनलाई १२५ प्रतिशत आयात कर लगाएको थियो ।
अब चीनबाट आयात हुने सबै वस्तुमा अमेरिकामा १४५ प्रतिशत भन्सार कर लाग्नेछ । ट्रम्पले बुधबार धेरै देशविरुद्ध लागु गरिएका पारस्परिक आयात कर कम्तिमा ९० दिनको लागि स्थगन गरेका थिए । तर, चीनले अमेरिकाविरुद्ध जवाफी आयात कर लगाउने बताएपछि चीनको हकमा भने यो कर स्थगन नगरी चीनविरुद्ध दबाब बढाएका थिए ।
यसैबीच, चीनले दुई देशबीच वार्ताको ढोका खुला भएको बताएको छ । तर, अमेरिकाको धम्कीसित भने चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, चीनले भनेको छ “हाम्रो नीति स्पष्ट छ, शान्तिपूर्ण समाधानको लागि हाम्रो ढोका खुला छ । तर, कुनै पनि धम्की वा दबाब स्वीकार गर्ने छैनौँ ।”

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार