अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २८, बिहीबार १०:१९

हेटौंडा। हेटौंडा — धरान—चतरा सडक खण्डको बकैया गाउँपालिका—३ चिसापानी बजारमा बुधबार राति बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस घुम्तीमा एक्कासि पल्टँदा बसमा रहेका ३० जना यात्रु घाइते भएका थिए । बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखा भिमफेदीका अगुवा कृषक भ्रमण गएर फर्कँदै थिए ।

घाइतेहरुलाई प्रहरी र स्थानीयवासीले राति नै उद्धार गरेर १६ जना घाइतेलाई हेटौंडा ल्याइएको थियो । बाँकी १४ जना घाइतेलाई बकैयास्थित स्वास्थ्य केन्द्रमा उपचार गराउन राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

हेटौंडा ल्याइएकामध्ये चार जना घाइतेलाई थप उपचारका निम्ति चितवन लगिएको छ । हेटौंडा अस्पताल र हेटौंडास्थित सहकारी अस्पतालमा ८ जना उपचार भइरहेको छ । चार जना सामान्य उपचारपश्चात घर फर्किसकेका छन् । बकैयास्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेका घाइतेहरुको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । बसका चालक फरार रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार