अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २४, आईतवार १५:०४

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित धनौजी खानेपानी आयोजना कार्यालय परिसरमा आइतबार बिहान आगलागी भएको छ । बिहान करिब ९ बजे नजिकै रहेको वन क्षेत्रबाट फैलिएको आगोले कार्यालयमा क्षति पुर्याएको जनाइएको छ ।
आगलागीका कारण कार्यालयमा सञ्चित पाइपसहित विभिन्न सामग्री जलेर नष्ट भएका छन् । मिथिला नगरपालिका–१० का वडाध्यक्ष सविनविक्रम थापाका अनुसार खानेपानी विस्तारका लागि भण्डारण गरिएको सबै पाइप पूर्ण रूपमा जलेर नष्ट भएको हो । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
घटनापछि सुरक्षाकर्मी, दमकल र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।
लालगढ प्रहरी चौकीका अनुसार आगलागीको कारण र क्षतिको यथार्थ मूल्याङ्कनका लागि थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार