अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २४, आईतवार ११:२१

काठमाडौं । मधेश प्रदेश क्रिकेट संघले प्रदेशबाट खेल्ने १० खेलाडीलाई सेन्ट्रल कन्ट्रैक्टमा राखेको छ । प्रदेशबाट खेलिरहेका र नेपाल क्रिकेट संघ (क्यान)को सेन्ट्रल कन्ट्रैक्टमा नरहेका २ महिलासहित १० खेलाडीलाई सेन्ट्रल कन्ट्रैक्टमा राखेको हो ।
सम्झौताअनुसार संघले खेलाडीलाई जनही वार्षिक एक लाख २० हजार उपलब्ध गराउनेछ । मधेशका पूर्वकप्तान हरिशंकर साहसहित पवन सरार्फ, अभिषेक तिवारी, रोशन विक, अरनिको यादव, विशाल पटेल, प्रदीप पाशवान र रञ्जितकुमार सेन्ट्रल कन्ट्रैक्टमा जोडिएका छन् ।
महिलातर्फ रोजी कडारी र अलिशा यादवलाई संघले सेन्ट्रल कन्ट्रैक्टमा राखेको हो ।
खेलाडीको आवश्यक्ता अनुसार केही सहयोग मिलोस् भन्ने उद्देश्यले पहिलो चरणमा १० खेलाडीलाई सेन्ट्रल कन्ट्रैक्टमा राखिएको मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
क्यानबाट आउने र स्पोन्सरशिपलाई बचाएर खेलाडीलाई सेन्ट्रल कन्ट्रैक्टमा राखिएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार