अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २३, शनिबार १२:१८

न्यु ब्रिटेन । पपुवा न्यु गिनीमा शनिबार शक्तिशाली भूकम्प गएको छ । न्यु ब्रिटेन नजिकै गएको पछिल्लो भूकम्प रिक्टर स्केलमा ६.९ मापन गरिएको थियो।

भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी जारी गरिए पनि यो चेतावनी एक घण्टा पछि फिर्ता लिइएको थियो । नेपाली समय अनुसार बिहान १.४५ बजे गएको भूकम्पको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेकोको थियो। यसको केन्द्रबिन्दु किम्बे सहरबाट १९४ किलोमिटर (१२० माइल) पूर्वमा पत्ता लागेको थियो।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पका कारण पपुवा न्यु गिनीको तटीय क्षेत्रका केही भागमा १ देखि ३ मिटरसम्म अग्ला छालहरू आउन सक्ने चेतावनी दिइएको थियो। न्यू ब्रिटेन टापुमा लगभग ५ लाख मानिसहरू बसोबास गर्छन्।

पपुवा न्यु गिनी प्रशान्त महासागरलाई घेरेको ‘रिंग अफ फायर’ मा अवस्थित छ, जुन विश्वमा सबैभन्दा धेरै भूकम्पीय र ज्वालामुखी गतिविधि हुने ठाउँ हो। त्यसैले, यस देशमा भूकम्पको खतरा सधैँ रहन्छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार