अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २२, शुक्रबार १५:२७

काठमाडौं, २२ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन्।

लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा बिहिवार आयोजित रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भका अवसरमा उनले आन्तरिक रोजगार प्रवर्द्धनका लागि उद्यमशीलता अपरिहार्य भएको उल्लेख गर्दै निजी क्षेत्रलाई सामूहिक प्रयासका लागि आह्वान समेत गरे।

मन्त्री भण्डारीले मन्त्रालयले विकास गर्दै गरेको राष्ट्रिय रोजगार पोर्टलबारे चर्चा गरे। उनले कोशी प्रदेशबाट सुरु भएको ‘श्रम संसार’, रोजगार पोर्टललाई छिट्टै सबै स्थानीय तहमा बिस्तार गर्ने जानकारी दिए।

त्यसअवसरमा मन्त्री भण्डारीले ‘इम्पावरिङ फ्युचर्स’ कार्यक्रममा इभोल्भटुडे डट इन्फो (evolvetoday.info) नामक वेबसाइट सार्वजनिक गरे। लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालानले नयाँ वेबसाइटले विद्यार्थीहरूलाई सही सीप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउनेमा विश्वास व्यक्त गरे। कार्यक्रममा सूचना प्रविधि क्षेत्रका साझेदार कम्पनीलाई सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार