अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २२, शुक्रबार १०:४५

एजेन्सी । बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले ८७ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम सास फेरेका हुन् ।
उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्मका लागि परिचित छन् । उनका अविस्मरणीय फिल्महरूमा क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम, रोटी कपडा और मकान हुन् ।
उनको वास्तविक नाम भने हरिकृष्ण गोस्वामी हो । उनको जन्म १९३७ मा एबटाबादमा भएको थियो, जुन अहिले पाकिस्तानमा पर्छ । मनोज कुमारले धेरै देशभक्तिपूर्ण फिल्म गरे र ती यति हिट भए कि उनको नाम ’भारत कुमार’ रह्यो । यसैबीच उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार