अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २२, शुक्रबार १०:२०

मुम्बई, २२ चैत । विक्की कौशल, रश्मिका मन्डन्ना र अक्षय खन्नाको पिरियड ड्रामा  ‘छावा’ ४८ दिनको लामो यात्रापछि अहिले थकित हुदैँ गएको छ । बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भएको यो फिल्मको कमाई बुधबार भने थप घटेको छ ।

 

यो चलचित्रले विगत तीन दिनदेखि लाखौंको व्यापार गरिरहे पनि अहिले यसलाई उठाउन मुस्किल परेको छ । तर, देशमा ६ सय करोड कमाउन अझै ५ करोड रुपैयाँ टाढा छ । तर, अहिले यसले विश्वव्यापी कमाई ८०० करोड नाघेको छ ।

 

लक्ष्मण उतेकरको निर्देशनमा बनेको ‘छावा’ को सफलता जादु भन्दा कम छैन । यो फिल्मले महाराष्ट्र मास सर्किटको आधारमा कमाईको पहाड नै बनाएको छ । १३० करोडको बजेटमा बनेको यो फिल्मले ४८ दिनमा हिन्दी र तेलुगुसहित देशभर ५९५.३० करोडको नेट कलेक्सन गरेको छ । तर, ‘स्त्री २’ लाई उछिन्दै अहिलेसम्म हिन्दीमा सबैभन्दा बढी कमाउने बलिउड फिल्म बन्न भने अझै सकेको छैन । ‘स्त्री २’ ले ५९७.९९ करोडको व्यापार गरेको थियो । जहाँ हिन्दीमा ‘छावा’ ले अहिलेसम्म ५७९.४३ करोडको व्यापार गरेको छ ।

 

छावा’ले बुधबार रिलिज भएको ४८औं दिनमा देशभर ४१ लाख रुपैयाँ कलेक्सन गरेको सकनिल्कले जनाएको छ । जसमध्ये हिन्दीबाट ४० लाख र तेलुगु संस्करणबाट १ लाख रुपैयाँ कमाएको थियो। यसअघि मंगलबार ४७ औँ दिन ५४ लाख र सोमबार ८९ लाखको कारोबार गरेको थियो ।

 

अहिले ‘छावा’ ले बक्स अफिसमा आफ्नो प्रभाव गुमाउँदै लगेको छ । तर, यसो हुदाँ पनि यसले विश्वव्यापी कमाईमा भने ८०० करोड रुपैयाँको कोसेढुङ्गा पार गरिसकेको छ । तर रोचक कुरा के छ भने फिल्मले विदेशमा ९१ करोड २० करोड मात्रै कमाउन सकेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार