अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २१, बिहीबार १०:४५

म्यानमार, २१ चैत । गत साता गएको बिनाशकारी भूकम्पमा परी  मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ ।

सिन्हवाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता रहेका छन् ।

प्रधानमन्त्री मिन आङ ह्लिङले यो जानकारी दिदैँ उनले बिभिन्न जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव भने अस्वीकार गरेका छन् ।

उनले भुकम्पको बिनाशकारी समयमा पनि सैन्य कारबाही जारी राख्ने जनाएका छन । ‘तर, केही जातीय सशस्त्र समूहहरू अझै सक्रिय रूपमा लडाइँमा संलग्न रहेका छन्,’ ह्लिङले  भने, ‘यो एक प्रकारको आक्रामकता भएको हुनाले सेनाले आवश्यक रक्षा कारबाही जारी राख्नेछ।’

भूकम्पको विनाश र मानवीय सहायता पठाउनमा विश्वव्यापी ध्यान केन्द्रित भएको बेला म्यानमारको सेनाले देशभरि प्रतिरोधी समूहहरू विरुद्ध आक्रमण जारी राखेको म्यानमार नाउको रिपोर्टमा उल्लेख गरिएको छ।

सो आक्रमणहरूप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकामा आधारित वकालत गर्ने समूह ह्युमन राइट्स वाचले भनेको छ कि म्यानमारको सैन्य सरकारले भूकम्प पीडितहरूका लागि मानवीय सहायतामा तत्काल, निर्बाध पहुँचको अनुमति दिनुपर्छ र आपतकालीन प्रतिक्रियामा बाधा पुर्‍याउने प्रतिबन्धहरू हटाउनु पर्छ।

यद्दपी, मार्च २८ मा यस क्षेत्रमा भूकम्प गएपछि पनि सेनाले प्रभावित क्षेत्रमा हवाई आक्रमण जारी राख्रदै सीमित इन्टरनेट पहुँच सुरु गरेको छ, जसले मानवीय प्रतिक्रियालाई थप जटिल बनाएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार