अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २०, बुधबार १०:१२

रोम, २० चैत । युरोपमा अशान्तिको बीचमा एक रूसी जासूस ड्रोन इटालीमा भेटिएको छ।

सोड्रोन देखेपछि इटालियन सरकार कारबाही प्रकियामा गएको छ । उच्च सरकारी अधिकारीहरूले आतंकवाद र जासुसीलाई ध्यानमा राखेर सम्पूर्ण मामिलाको अनुसन्धान थालेका छन्। अनुसन्धानपछि थप कारबाही गरिने जनाइएको छ ।

इटालीका समाचार माध्यमका अनुसार इटालीको माग्गियोर तालको किनारमा रहेको इस्प्रा सहरमा रहेको युरोपेली संयुक्त अनुसन्धान केन्द्र (जेआरसी) मा व्यावसायिक ड्रोन उडेको देखिएको हो ।  ड्रोनको खिचिएको तस्बिरले यो रुसको भएको खुलासा गरेको जनाइएको छ।

यो ड्रोन उडेको इटालीको स्थान भने परमाणु अनुसन्धानसँग सम्बन्धित छ। यहाँ ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ ।यही कारणले आकाशमा ड्रोन देखेर इटालीका वरिष्ठ अधिकारीहरुको निद्रा हराउन पुगेको थियो ।इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोका अनुसार सम्भावित सैन्य वा औद्योगिक जासुसीका आरोपहरू धेरै गम्भीर छन्  । सो क्षेत्रका स्थानिय अधिकारीहरूले  पहिले रिपोर्ट गरेको ढाँचासँग मेल खाएको छ।

क्रोस्टो भन्छन्, ‘यहाँ एक हाइब्रिड युद्ध चलिरहेको छ, यो जति लुकेको छ त्यति नै खतरनाक, निरन्तर र निस्सासिने खालको छ। यसमा लक्षित साइबर आक्रमणहरूको मिश्रण समावेश छ। सैन्य र औद्योगिक टेक्नोलोजीहरू र प्याटेन्टहरूको चोरी, साथै अन्य धेरै शत्रुतापूर्ण कार्यहरू भइरहेका छन्।’

यद्दपी, इटालीका रक्षामन्त्रीले मुखै फोरेर ड्रोनका लागि रुसलाई जिम्मेवार भनिसकेका त छैनन् तर नेटोले भने पक्कै पनि यो कार्य रुसको नै भएको दावी गरेको छ ।

इटालीको जर्जिया मेलोनी सरकार अमेरिका, रुस र युरोपको बारेमा अझै पनि अन्योलमा रहेको छ । मेलोनीले अमेरिकाको प्रशंसा गरे पनि युरोपसँग बस्ने कुरा गरेकी छिन् ।

अर्कोतर्फ, मेलोनीले युक्रेनमा शान्ति सेना नपठाउने निर्णय गरेकी छिन् तर पनि उनी रुसको आक्रमणको विरुद्धमा बोलिरहेकी छिन्। त्यसैले उनी कुन लाइनमा छिन ? भन्ने अझै पनि प्रस्ट हुन सकेको अवस्था छैन् ।

इटाली हाल नाटोको सदस्य हो, जसले दोस्रो विश्वयुद्धमा अमेरिका र रुसविरुद्ध मोर्चा खोलेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार