एजेन्सी । भारतको झारखण्डमा मंगलबार बिहान दुई मालवाहक रेल आपसमा ठोकिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यो दुर्घटना झारखण्डको साहिबगंजमा भएको हो ।
दुर्घटनामा दुई रेल चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटना बिहान ३ बजेतिर बरहट प्रहरी चौकी क्षेत्रअन्तर्गत भोगनाडीह नजिकै भएको हो ।
दुवै रेल सरकारी विद्युत् कम्पनी एनटीपीसीका हुन् । दुर्घटना भएको ट्र्याक पनि एनटीपीसीको हो। यो ट्र्याक मुख्यतया पावर प्लान्टमा कोइला ढुवानी गर्न प्रयोग गरिन्छ ।





