अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १९, मंगलवार १२:०५

काठमाडौँ । काठमाडौँको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको प्रदर्शन नसकिदै कमान्डर दुर्गा प्रसाईं फरार भए । उनलाई प्रहरीले त्यसै बेलुकादेखि खोजी गरिरहेको छ ।
प्रहरीले खोजी गरिरहँदा प्रसाईंले भने सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेर चुनौती दिइरहेका छन् । तर प्रहरीले उनी कहाँ छन् भन्ने नै पत्ता लगाउन सकेको छैन ।
दुर्गा प्रसाईं र पक्राउ परेका व्यक्तिहरूको विषयमा सोमबार दिउँसो उपत्यकाका प्रहरी कार्यालय प्रमुखसहितलाई बोलाएर प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले छलफल गरेका थिए । छलफलमा प्रसाईं भारत पुगेको निष्कर्ष निकालिएको एक अधिकारीले बताए ।
त्यसअघि आइतबार प्रसाईंले एउटा मन्दिरमा बसेर बनाएको भिडिओ सार्वजनिक भएको थियो । उक्त मन्दिरको खोजी गरिएको प्रहरीको दाबी छ ।
‘हामीले त्यो खालका मन्दिर तराईमा हुने भएकाले नवलपरासीदेखि झापासम्म फोकस भएर हे¥यौँ, कहीँ पनि त्यस्तो मन्दिर भेटिएन । देशका अन्य भागमा पनि खोज्यौँ तर त्यो मन्दिर नेपालको नभई भारतको हो भन्ने निष्कर्षमा पुगेका छौँ,’ स्रोतले भन्यो ।
उनी तीनकुनेमा हिंसात्मक प्रदर्शन भएकै राति कान्ति लोकपथको बाटो हेटौँडा हुँदै भारत प्रवेश गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रसाईंले भने सोमबार बेलुका अर्को स्टाटस सार्वजनिक गरेका छन् । ९ बजेपछि सार्वजनिक भएको स्टाटसमा उनले आफू नेपालमै रहेको जिकिर गरेका छन् ।
शुक्रबार पक्राउबारे निर्णय गर्न ढिलाइ हुँदा प्रसाईं भाग्न सफल भएको प्रहरीको दाबी छ । ‘दिउँसोसम्म निगरानीमै राखेका थियौँ । तर बेलुका आन्दोलनकारीले बितण्डा मच्चाएपछि हामी त्यता केन्द्रित भयौँ । पक्राउ गर्न अनुमति पनि आएको थिएन । राति मात्रै पक्राउ गर्न अनुमति आयो, त्यतिबेला उनी मोबाइल बन्द गरेर फरार भइसकेका थिए । हामीले सम्भावित एरियामा सर्कुलर पनि गरेको हो तर अहिलेसम्म पत्ता लागेको छैन,’ प्रहरीका एक उच्च अधिकारीले भने ।
त्यसदिन तीनकुनेमा प्रहरीलाई पेलेर गाडी हुइँक्याएका उनी त्यसपछि कार्यक्रमस्थलमा देखिएका थिएनन् । उनलाई पक्राउ गर्न लागिएको भन्दै भीडको बलमा भागेर एउटा घरको सटरभित्र लुकेका थिए । त्यहाँबाट लुकेर उनी र धर्मगुरु पुष्कर इमाडोलस्थित पुष्करको घरमा पुगेको प्रहरीको दाबी छ ।
अन्य प्रमाणले पनि उनीहरू त्यहाँ पुगेको पुष्टि हुने प्रहरीको दाबी छ । त्यहाँ आफ्ना सहयोगीसहित पुगेका प्रसाईं फलफूल र चिया खाएर निस्किएपछि कहाँ पुगे भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार