अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १९, मंगलवार ११:५५

१९ चैत, काठमाडौं । नयाँ दिल्लीका लागि नेपाली राजदूत शंकर शर्माले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले सोमबार अपराह्न आदित्यनाथसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल भारत सम्बन्धको बहुआयामिक पक्षमा कुराकानी भएको राजदूत शर्माले उल्लेख गरेका छन्

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘गोरखपुरमा प्ररणादायी गोर्खा म्यूजियम सुरु गरेकामा म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु ।’

नयाँ दिल्लीस्थित नेपाली दूतावासले शर्माको आदित्यनाथसँगको भेटबारे थप बताएको छैन । तर, मन्त्रालय स्रोतका अनुसार, भेटका क्रममा नेपालमा राजावादी समूहको हिंसात्मक प्रदर्शनको विषयबारे पनि कुराकानी भएको छ ।

‘भारतीय सञ्चारमाध्यमहरुमा समेत आदित्यनाथसँग जोड्दै पूर्वराजाबारे श्रृखंलाबद्ध समाचारहरु प्रकाशित भइरहेका बेला त्यसविषयमा कुराकानी हुनु स्वभाविक हो’, मन्त्रालय स्रोतले भन्यो, ‘यसका विभिन्न पाटोबारे छलफल भएको छ ।’

परराष्ट्रमन्त्री आरजु राणाको पछिल्लो भारत भ्रमणका बेला समेत भारतीय विदेशमन्त्री एस जयशंकरसँग नेपालमा भएको राजावादी प्रदर्शनबारे कुराकानी भएको सार्वजनिक भएको थियो । त्यसबेला भारतीय विदेशमन्त्रीले आफूहरुको त्यसमा कुनै किमिसको सम्बन्ध नभएको बताएको उनले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएकी थिइन् ।

यसपछि पनि परराष्ट्रमन्त्रालयमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग उनले कुराकानी गरेकी थिइन् ।

यसअघि राजावादी समूहले गरेको प्रदर्शनका क्रममा प्रदीप विक्रम राणा नामक व्यक्तिले जुलुसमा योगी आदित्यनाथको तस्वीर समेत बोकेका थिए । प्रहरीले यस विषयमा सोधपुछ गर्न राणाको खोजी समेत गरेको थियो, तर उनी फरार भएर भारत पुगिसकेको खुलेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार